सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेकबहादुर चोखाल स्मृति कपको उपाधि वडा नम्वर ५ लाई

२०७६ असोज १०, ०३:२१ खबर संवाददाता

धनगढीमा भएको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधि वडा नम्वर ५ स्टार सिटी क्लबले जितेको छ। पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा धनगढीमा आयोजना गरिएको स्मृति कपको उपाधि वडा नम्वर नम्वर १ फारवेष्ट पशुपति युवा क्लबलाई ७–५ ले हराउँदै वडा नम्वर ५ ले जितेको हो। 

विजेता भएसंगै वडा नम्वर ५ ले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेता वडा नम्वर १ ले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेको छ। यसैगरी उत्कृष्ट गोलरक्षक वडा नम्वर ५ का सुशिल पाण्डेय, उत्कृष्ट खेलाडी वडा नम्वर १ का भिष्म भाट र सर्वाधिक गोलकर्ता वडा नम्वर ५ का कमल देउवा भएका छन्।

उनीहरुलाई नगद एक–एक हजार सहित ट्रफी, मेडल पुरस्कार दिईएको छ। धनगढी उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्टको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको हो। 

पब्लिक मिडिया नेपालको आयोजना र टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा प्रतियोगिता भएको हो। प्रतियोगितामा धनगढी उपमहानगरपालिका विभिन्न वडाका १८ टीमको सहभागी रहेको थियो। फुटसल प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ टीमको सहभागीता रहेको थियो । 

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना भएको प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग अस्पताल रहेको थियो भने सह—प्रायोजकमा गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग रहेको थियो। 

 

 

कमेन्ट लोड गर्नुस