सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुटानलाई ४–० ले हराउँदै बंगलादेश दोस्रो पटक फाईनलमा

। फोटो स्रोत ।
२०७६ असोज १०, ०१:३६ खबर संवाददाता

जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा बंगलादेश फाइनलमा पुगेको छ। गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भयो। तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो।

हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। २७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए। भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए।

पहिलो हाफमा ३ गोल गरेको बंगलादेशमाथि दोस्रो हाफमा भुटानले सम्हालिएर खेले पनि गोल फर्काउन भने असफल रह्यो। खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए। शुक्रबार अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन्। यो खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।
 

कमेन्ट लोड गर्नुस