सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँको अवसरमा कैलालीमा हाफ म्याराथुन हुने

२०७६ असोज १०, १२:५३ खबर संवाददाता

दशैँको अवसरमा कैलालीमा हाफ म्याराथुन हुने भएको छ। दौडिन्छ कैलाली स्वास्थ्यका लागि भन्ने नाराका साथ नम्वर ५ बाहिनी अड्डा तेघरी र भवानीदल गणको आयोजनामा भोली हाफ म्याराथुन हुने भएको हो।

पुरुषका लागि २१ किलोमिटर, महिलाका लागि १० किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना हुन लागेको हो। पुरुष तर्फ प्रथमलाई १५ हजार र द्धितियलाई सात हजार पाँच सय नगद पुरस्कार रहेको छ।

यस्तै महिला तर्फ प्रथमलाई १० हजार र द्धितियलाई पाँच हजार तथा पाँच किलोमिटर बिद्यार्थी दौड प्रतियोगितामा छात्र तर्फ प्रथमलाई पाँच हजार, दोस्रोलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार पाँच सय नगद पुरस्कार राखिएको तेघरी ब्यारेकका उप सेनानी अनिल पोख्ररेलले बताए।

पाँच किलोमिटर छात्रा तर्फ प्रथमलाई तिन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार नगद पुरस्कार राखिएको उनले बताए। प्रतियोगिताको सम्पुण तयारी पुरा भईसकेको उप सेनानी पोख्ररेलले बताए। 
 

कमेन्ट लोड गर्नुस