सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन

२०७६ असोज १०, ११:४४ खबर संवाददाता

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा बिहीबार निधन भएको हो। सिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहेका थिए। पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उनले गरेका कामले उनलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन्।

सिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो। उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल भएका थिए भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

कमेन्ट लोड गर्नुस