सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपाल क्रिेट संघ क्यानको चुनावी साधारणसभा हुँदै

२०७६ असोज १०, ११:२५ खबर संवाददाता

नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारणसभा शुक्रबार हुँदैछ। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो सधारणसभालाई निकै चासोका साथ हेरिएको छ। 

क्यानको नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले इच्छा देखाएका छन्। शुक्रबार साधारणसभाको उद्घाटन शत्र हुने छ भने शनिबार चुनाव हुने छ। उद्घाटन शत्र दिउँसो पौने १ बजेदेखि सुरु हुने छ।

चुनावमा अध्यक्षमा पाण्डे र चन्दले प्रतिस्पर्धा गर्दा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने सम्भावना छ। सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाएका छन् भने कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ।

१७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता रहेका छन्। केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन्। बाँकी १३ जना सदस्य निर्वाचित हुनेछन्। ४ वर्षको कार्यकालको चयनका लागि ५९ जनाको मताधिकार रहेको छ। जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन्।

कार्यसमितिमा एक जना महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि भएर आएकी जयन्ती भट्ट निर्विरोध निर्वा्चित हुने भएकी छिन्। देशभरबाट उनी मात्रै महिला प्रतिनिधि भएर आएकी छिन्।

कमेन्ट लोड गर्नुस