सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि नयाँ नोट सटही सुरु

२०७६ असोज १०, ०९:२० खबर संवाददाता

दशैँको लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैँमा साना दरका नयाँ नोटको माग उच्च हुने भएकोले आजदेखि सटहीको सुविधा उपलब्ध सुरु हुने नेपाल राष्ट्र बैंक प्रादेशीक कार्यालय धनगढीले जनाएको छ। 

‘बैंकमा पाँच, दश, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा उपलव्ध हुने छ,’ नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले भने, ‘प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराईने छ।’

त्यो भन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो (प्रयोगमा भएका सफा) नोट उपलब्ध गराइने उनले जानकारी दिए। अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमित मात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइने निर्देशक अधिकारीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस