सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ मनाउन घर फर्किएका दर्जी परिवार नेपालीबाटै महेन्द्रनगरमा लुटिए

२०७६ असोज ९, ०५:४७ खबर संवाददाता

दशै मनाउन भारतबाट घर फर्किने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा एक परिवार लुटिएको छ। भारतको नैनीतालमा रोजगारी गर्दै आएका कर्णाली प्रदेशको कालिकोटको फुकोट गाउँपालिका वडा नम्बर २ का कुल दर्जीको परिवार महेन्द्रनगरमा लुटिएको हो। श्रीमती र दुई छोराछोरी सहित दशैँ मनाउन घर फर्किने क्रममा भारतको हल्द्धवानी बसपार्कबाट सँगै आएका तीन जना नेपालीले उनीहरुलाई लुटेका हुन्।

दर्जीले दशैँ मनाउन झण्डै १० वर्षपछि परिवार सहित घर फर्किदा नेपालीबाटै लुटिएको बताए। दर्जीले महेन्द्रनगर बसपार्क पुगेपछि संगै आएका कालिकोट घर बताउने तीन जनाले भारु साट्न भनेरसँगै लगेको र चिसो खाउँ भन्दै वेहोस हुने पदार्थ मिसाएर आफूसंग भएको ४० हजार भारु लुटेर लगेको बताए।

दर्जी श्रीमती र छोराछोरीलाई खाने खाने होटलमै छाडेर उनीहरुसँगै पैसा साट्न गएका थिए। खल्तीमा घर पुग्ने भाडा समेत नभएपछि विचिल्लीमा परेका उनीहरुलाई निड्स नेपाल, होटेल र यातायात व्यवसायीले रकम संकलन गरी घर पठाएका छन्। यस्तै भारतमा रोजगारी गरि घर फर्किएका संखुवासभाका ५० वर्षीय कृष्ण गुरुङ्ग र बैतडीका २८ वर्षीय वीरबहादुर चन्द पनि सीमामा लुटिएका छन्।

उनीहरुलाई पनि बेहोस हुने खानेकुरा दिएर लुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले भने सीमा क्षेत्र र बसपार्कमा हुने लुटपाटका घटनालाई न्युनीकरण गर्न हेल्प डेस्क स्थापना गरिएको बताए। 
 
 

कमेन्ट लोड गर्नुस