सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर र गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग

२०७६ असोज ९, ०५:२२ खबर संवाददाता

नेपाल–भारत सीमामा आवागमन सहज बनाउनुपर्ने माग गदैँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाईएको छ। चाडपर्वमा नेपाल–भारत सीमामा हुने सास्ती नरोकीएको भन्दै प्रवासी सञ्जाल समाज कञ्चनपुरले मुख्यमन्त्री भट्टलाई बिहिबार ज्ञापन पत्र बुझाएको हो। चाडपर्वका बेला कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने आवागमनलाई सहज बनाउनुपर्ने माग गरिएको हो। सीमामा हुने सास्ती अझै रोक्न नसकिएको भन्दै ज्ञापन पत्र बुझाएको प्रवासी सञ्जाल समाज कञ्चनपुरका अध्यक्ष देवराज भट्टले बताए। ‘सुदूरपश्चिमका अधिकांस नागरिक रोजगारमा निर्भर भारतमै छन्’ उनले भने, ‘तर, त्यहाँको रोजगार सुरक्षित हुने सकेको छैन।’ प्रदेश सरकार गठन हुँदा समेत भारत जानेहरुको लगत नै नहुनु लजास्पद भएको उनको आरोप छ।

अन्य मुलुकमा वैदेशिक रोजगारमा जानेहरुका लागि व्यवस्थित र मर्यादित बनाए पनि भारतमा जानेहरुको संख्या भन्ने कसैसंग छैन्। सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष देखि रोजगारको शिलसिलामा भारत जानेहरुको तथ्यांक राख्ने र कामदारको जोखिम न्यूनीकरणका लागि जीवन विमा गर्ने भनेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन। प्रवासी सञ्जाल समाज कञ्चपुरले सुदूरपश्चिम प्रदेश सरकारले भारतमुखी श्रमिक आप्रवासनलाई पनि बैदेशिक रोजगार सरह व्यवस्थित बनाउन नीतिगत व्यवस्था गर्नुपर्ने, रोजगारको शिलसिलामा भारत गएकाहरुको तथ्यांक राख्नुपर्ने साथै परिचयको समेत व्यवस्था गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले अहिले विगतको जस्तो आवागमनमा कठिनाई नभएको दावी गरे। उनले आवागमनलाई सहज र सुरक्षित रोजगारीका लागि प्रदेश सरकार प्रतिवद्ध भएको दावी गरे।

कमेन्ट लोड गर्नुस