सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेस्तोलसहित ४ जना पक्राउ

२०७६ असोज ८, ०५:५५ खबर संवाददाता

काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको  छ। बुधबार विहान साढे ११ बजे  काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ  गरेको महानगरीय  प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै  प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आलेलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस