सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेलगु सिनेमाका चर्चित हास्यकलाकार माधवको निधन

२०७६ असोज ८, ०४:५०

तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको निधन भएको छ। उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह १२ : २० बजेको समयमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। मृगौला र कलेजोमा गम्भीर समस्या देखिएपछि उनको स्वास्थ्य अवस्था नाजुक थियो। मंगलबारसिकिस्त भएपछि उनलाई स्थानीय एक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

वेणु केही वर्षयता कलेजोमा समस्या देखिएपछि फिल्महरुमा अभिनय गरेका थिएनन्। उनले १ सय ७० भन्दा बढी तामिल तथा तेलगु चलचित्रमा अभिनय गरेको थिए। उनले ’सम्पर्दायम’ चलचित्रमा एउटा सानो भूमिकामा देखिएका थिए। सन् १९९७ को तेलगुचलचित्र’मास्टर’ बाट वेणुले आफ्नो अभिनय यात्रा सुरु गरेको थिए। वेणुले सन् २००६ को उत्कृष्ट हास्यकलाकारको रुपमा ’लक्ष्मी’ चलचित्रबाट नन्दी अवार्ड पाएका थिए।

कमेन्ट लोड गर्नुस