सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबको उपनिर्वाचनमा म कतैबाट उम्मेद्वार हुंदैन : पौडेल

२०७६ असोज ८, ०४:४२ खबर संवाददाता

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेतृत्वमा पार्टी गुट व्यवस्थापन गर्नसक्ने क्षमता हुनुपर्ने बताएका छन्। प्रेस यूनियनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले विपि कोइरालाको पालादेखि नै गुट रहेको उल्लेख गर्दै उनले गुटदेखि नआत्तिएर मिलाउनसक्ने क्षमता नेतृत्वले राख्नुपर्ने धारणा व्यक्त गरे।

अबको उपनिर्वाचनमा आफु कतैबाट उमेद्वनर नहुने घोषणा गर्दै उनले भने, ‘मलाई धेरैले उठ्नुपर्छ भनेका छन् तर म कतैबाट पनि उठ्दिन। म पार्टी बनाउन लाग्छु।’ ‘मैले आफ्नो समय पार्टी सुदृढ बनाउन लगाउँछु। निर्वाचनमा अन्य नेताहरुलाई अवसर दिनुपर्छ।’ कांग्रेसले इमान्दर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको उनले बताए। सरकारका गलत कामहरुको मात्रै विरोध गरेको र राम्रा काममा समर्थन पनि गर्दै आएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस