सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टेकबहादुर चोखाल स्मृती फुटसल प्रतियोगिता सुरु

२०७६ असोज ८, ०३:०५ खबर संवाददाता

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालको स्मृतिमा धनगढीमा टेकबहादुर चोखाल स्मृती फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ। पब्लिक मिडिया नेपालको आयोजना, टेकबहादुर चोखाल फाउण्डेसनको सहकार्य र निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले उद्घघाटन गरिन्। उद्घाटन कार्यक्रम फाउण्डेसनका अध्यक्ष विनय चोखालको अध्यक्षतामा सम्पन्न भएको थियो।

फ्ल्याटल्याण्ड फुटसलमा भइरहेको प्रतियोगिताका बिजयी टीमलाई ३० हजार नगद र ट्रफी प्रदान गरिनेछ भने दोश्रो हुने टिमले १५ हजार नगद र ट्रफी पाउने छन्। प्रतियोगिताका धनगढीका विभिन्न वडाहरुबाट टिम सहभागी भएका छन्। 
 

कमेन्ट लोड गर्नुस