सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत र पाकिस्तानको सीमामा भूकम्प

२०७६ असोज ७, ०९:०० खबर संवाददाता

भारत र पाकिस्तानको सीमाक्षेत्रमा आज ५ दशमलब ८ म्याग्निच्युडको  भूकम्प गएको छ। भूकम्पको बढी प्रभाव कश्मीर क्षेत्रमा परेको बताईएको छ भने इस्लामाबाद, अजब, पेशावर, रावलपिण्डी र लाहोरमा समेत धक्का महसुश भएको छ। ८ देखि १० सेकेण्डसम्म हल्लाएको भूकम्पले भारतका केही सहरहरुमा समेत असर गरेको छ। भारतका गुजरात, चित्राल लगायत क्षेत्रमा यसको असर परेको छ। क्षतिको यकिन विवरण आइसकेको छैन। यद्यपि कतिपय सहरमा ठूला पक्की सडक समेत भत्किएका छन।

कमेन्ट लोड गर्नुस