सुदूर नेपाललाई विश्वसँग जोड्दै

संबिधान र लोकतन्त्रमाथि सरकारबाटै खतारा : निधी

२०७६ असोज ७, ०६:१८ खबर संवाददाता

नेपाली कांग्रेसका उप–सभापती बिमलेन्द्र निधिले संबिधान र लोकतन्त्रमाथि सरकारबाटै  खतारा बढेको बताएका छन्। धनगढीमा आयोजित काँग्रेसको जगारण अभियान समापन तथा विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। सरकारले जनाताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताउदै निधिले सरकारका बिरुद्ध अब जनताले जाग्नु पर्ने बेला आएको बताए।

कार्यक्रममा पार्टीकी पूर्व सचेतक ईश्वरी न्यौपाने, नेतृ आर्जु राणा देउवा, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड लगायतले सम्बोधन गरेको थिए। उनीहरुले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्। विरोध सभा अघि धनगढीको ट्राफिक चौराहबाट विरोध ¥यालीको आयोजना गरिएको थियो। वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेबाट ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम जागरण) नाम दिएर दोस्रो चरणको अभियान सुरु गरेको थियो।
 

कमेन्ट लोड गर्नुस