सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रान्सेली फोटोग्राफर मिशेल मे को ‘फिफ्टीन इयर्स इन नेपाल’ तस्बिर प्रदर्शन हुने

२०७६ असोज ७, ०४:३३ खबर संवाददाता

फ्रान्सका फोटोग्राफर मिशेल मेले नेपाल बसाइका क्रममा खिचेका तस्बिरहरुको प्रदर्शनी हुने भएको छ।असोज १० गते अर्थात् २७ सेप्टेम्बरदेखि एक महिनासम्म फ्रान्सका फोटोग्राफर मिशेल मे ले खिचेका तस्बिरहरुको प्रदर्शनी ‘फिप्टीन इयर्स इन नेपाल’ हुन लागेको हो। प्रदर्शनी ललितपुरको पाटन म्युजियममा सञ्चालन हुनेछ।

तस्बिरमार्फत् विश्वभर नेपालको प्रचार गर्न सफल फ्रान्सेली फोटोग्राफर मिशेल मे ले नेपालको १५ वर्षे यात्रामा नेपालका सबैजसो जनजीविकालाई नजिकबाट नियालेर तस्बिर खिचेका छन्। यसै सन्दर्भमा कलाको विकास र विस्तारको लागि लागेको योङ पिकासो नाम गरेको संस्थाले मिशेलले आफ्ना जीवनमा १५ वर्षमा नेपालमा खिचेका तस्विरहरुलाई प्रदर्शनीको रुपमा ल्याउन लागेको हो।

प्रदर्शनीमार्फत नेपाललाई विश्वभरमा चिनाउन थप सहयोग मिल्ने तथा नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस