सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ भयो : गगन थापा

२०७६ असोज ७, ०४:१० खबर संवाददाता

प्रमुख प्रतिक्षिदल नेपाली कांग्रेसका नेता गगन थापाले सत्तामा बसेर संविधानको विरोध गर्नु ‘निर्लज्जता’ भएको बताएका छन्। मंगलबार पत्रकारसंग कुरा गर्दै उनीहरुले मधेशको अधिकारका लागि लडिरहेको भनेर जनतालाई भ्रमित बनाइरहेको बताए।

संघीय सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाएको भन्दै उनले पार्टी अध्यक्षसँग लडेर संघीय सरकार छाडेर देखाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई चुनौती समेत दिए। सरकारले विगतका सम्झौताबिरुद्व विधेयक ल्याउन लागेको भन्दै उनले जनता बिरोधी विधेयक ल्याउन समाजवादी पार्टीले पनि सघाइरहेको बताए।

संविधानमा केही कमीकमजोरी भएकै कारण कांग्रेसले संशोधनको मुद्दा उठाएको बताउँदै उनले भने, ‘अबको हाम्रो मिसन संविधान संशोधन गराउँदै स्वीकार्य बनाउने हो।’ संघीय सरकारको पनि आलोचना गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र व्यवस्था खतरामा रहेको भनिरहेको भन्दै उनीहरु आफैं यो व्यवस्थालाई खतरामा पार्न लागेको आरोप लगाए। 
 

कमेन्ट लोड गर्नुस