सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वच्छ मासुको पोस्टरमा सरकारले नै गाईको तस्वीर छापेपछि विवाद

२०७६ असोज ७, ०२:२१ खबर संवाददाता

पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै एउटा पोष्टर सार्वजनिक गरेको छ। ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर राखिएको छ। मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको छ।

पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार र्पुयाइएको छैन। स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ। जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताउँदै विभागका प्रवक्ता डा.चन्द्र ढकालले भने, ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन।’ 

सो सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ। बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए। विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ।

कमेन्ट लोड गर्नुस