सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवलपरासी दुर्घटनामा परि कैलालीका एक जनाको मृत्यु

२०७६ असोज ७, ०१:५५ खबर संवाददाता

पुर्वी नवलपरासीमा भएको दुर्घटनामा कैलालीका एक जनाको मृत्यु भएको छ। सोमबार राति पाँच जनाको मृत्यु हुने गरि भएको दुर्घटनामा कैलालीका सुरज राना मगरको मृत्यु भएको हो। 

कावासोती नगरपालिका–८ मा कार र ट्रक ठोक्किदा कारमा सवार सुरजसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपरित दिशाबाट आइरहेको लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार करकट्टा जंगलमा एक आपसमा ठोकिंदा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै सो दुर्घटनामा परि देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षिय पूर्णबहादुर विक, केउरेनी–५ का दिलबहादुर ढेगा मगर, देवचुली–१० का २९ वर्षीय हिरा राना र दीपेश रानको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकका चालकलाई प्रहरीलले नियन्त्रणमा लिएको छ। तिव्र गतिका कारण ट्रक नियन्त्रणबाहिर रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस