सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैङ्कलाई घाँसी नेपालद्वारा कपडा दान

२०७६ असोज ७, १०:२१ खबर संवाददाता

आर्दश सामाज नेपाल “घाँसी नेपाल” ले धनगढीमा संचालित कपडा बैङ्कलाई तीन सय थान कपडा हस्तान्तरण गरेको छ। रोयल कोलाबोरेटिभ्स प्रालीले धनगढीमा संचालनमा ल्याएको कपडा बैङ्कलाई कपडा दान गरिएको हो। कपडा बैङ्कलाई घासी नेपालले काठमाडौँमा एक कार्यक्रमकाबीच कपडा हस्तान्तरण गरेको हो। 

घाँसी नेपालले भूकम्पबाट प्रभावित क्षेत्रका विद्यालय भवनहरुको पुननिर्माण गर्नुको साथै विद्यार्थीको सिकाइमा सरलता र सहजताको लागी छात्रवृती, पुस्तकालय निर्माण लगायतका कार्य गर्दै आएको छ।

धनगढीका युवाहरु गजेन्द्र विक्रम शाही, देवेन्द्र जोशी, पवन वसुवाले संचालनमा ल्याएको कपडा बैङ्कले हालसम्म पाँच सय विपन्न वर्गीय परिवार तथा कमैया शिविरका अति विपन्न घरहरुमा सहयोग पुगाएको दावी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस