सुदूर नेपाललाई विश्वसँग जोड्दै

इण्डोनेसियामा हिंसा भड्कियो, २० जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असोज ७, १०:०९ खबर संवाददाता

इण्डोनेसियामा सोमबार भड्किएको हिंसाका कारण २० जनाको मृत्यु भएको छ। इण्डोनेसियाको पपुवा क्षेत्रमा भएको सो घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका अधिकाुरीहरुले जनाएका छन्। आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर मृत्यु भएको छ।

अधकारीका अनुसार मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ। घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ। भवनहरूको आगो निभाइ सकिए पनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्।

 

कमेन्ट लोड गर्नुस