सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजपा अध्यक्षमण्डलको जिम्मेवारी महन्थ ठाकुरले पाए

। फोटो स्रोत ।
२०७६ असोज ६, ०५:४४ खबर संवाददाता

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन्। संयोजक ठाकुरले सोमबारदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो। 

राजपाको सोमबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। राजपाको हरेक दुई महिनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाएको हो। यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव थिए।

तराई–मधेश केन्द्रित ६ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन्। एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस