सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टेकबहादुर चोखाल स्मृति कप फुुटसल हुने

२०७६ असोज ६, ०३:१० खबर संवाददाता

पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा टेक बहादुर चोखाल स्मृति कप हुने भएको छ। निसर्ग अस्पतालको मुख्य प्रायोजन र पब्लिक मिडिया नेपालको आयोजना तथा टेकबहादुर चोखाल फाउन्डेसनको सहकार्यमा धनगढीमा फुटसल प्रतियोगिता हुने भएको हो।

असोज ८ देखि ११ गतेसम्म धनगढीमा हुने प्रतियोगितामा उप–महानगरपालिकाका वडाका टीमहरु सहभागी आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। धनगढी उप–महानगरपालिकाका विभिन्न वडाहरु टिम बनाएर खेलमा सहभागिता हुने र टीमका खेलाडी सम्बन्धित वडाकै हुनुपर्ने आयोजक पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाले बताए। 

उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताए। पत्रकार सम्मेलनमा टेकबहादुर चोखाल फाउन्डेसनका अध्यक्ष विनय चोखालले विभिन्न सामाजिक कार्य गर्दै आएकोमा फुटसल प्रतियोगितालाई पनि थप गरेको बताए। 

उनले यो प्रतियोगिता हरेक बर्ष आयोजना हुने जानकारी दिए। निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता आयोजना हुने छ। 

नेपाली काग्रेंसबाट २०५६ सालमा चोखाल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री भएका वेला चोखाल कानुन मन्त्री समेत बने।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहेका थिए। चेखालको २०६६ कार्तिक २७ गते काठमाडौंमा निधन भएको थियो। 
 

कमेन्ट लोड गर्नुस