सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा युवा संगठनको केन्द्रिय समिति घोषणा

२०७६ असोज ५, ०६:३५ खबर संवाददाता

साझा पार्टीले युवा संगठनको केन्द्रिय समिति घोषणा गरेको छ। आइतबार राजधानीमा पार्टीका केन्द्रिय सदस्य अब्दुस मियाँ संयोजक रहने गरि २१ सदस्यीय केन्द्रिय समिति घोषण गरेको हो। साझा युवा संगठनमा प्रिया सिग्देल सहसंयोजक, सरोज गौतमलाई महासचिवको जिम्मेवारी दिईएको छ। यस्तै सदस्यहरुमा प्रशान्त बिक्रम सापकोटा, प्रकृति पहाडी, जितेन्द्र खतिवडा, शिवराज वेलवासे, सरोज नेपाल, रोहित चन्द, सौंजन डिसी, जिनत राई, लक्ष्मी घिमिरे, पदम बहादुर मगर, प्रेक्षा शाक्य, सुस्मिता पोखरेल, रामकुमार यादव, टंक प्रशाद जैशी, सुवास खत्री, प्रकाश आचार्य, आर्जु लोहनी र वर्षा रिसाल चयन भएका छन। घोषणा सभामा पार्टीका संयोजक रवीन्द्र मिश्रको समेत सहभागिता रहेको थियो भने पार्टीले आंगिक संगठनको रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन बनाउने निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस