सुदूर नेपाललाई विश्वसँग जोड्दै

हजारको नोटमा अब नेपाली जुम्ल्याहा हात्ती हुने

२०७६ असोज ५, ०५:५२ खबर संवाददाता

एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।

उनका अनुसार सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको छ। अब ३÷४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ। नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको बताउँदै उनले भने, ‘अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्छ।

हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो। चितवन राष्ट्रिय निकुन्जमा भएका रामरलक्ष्मण ८ वर्षका भए। हाल छपाईको जिम्मा दिन थालिएको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए। ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको हो। आगामी दसैँअघि नै नोट चलनचल्तीमा आउने उनले बताए।
 
 

कमेन्ट लोड गर्नुस