सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटना

२०७६ असोज ५, ०४:५१ खबर संवाददाता

नायिका केकी अधिकारी लगायतका कलाकार चढेको गाडी दुर्घटना भएको छ। आइतबार काठमाडौबाट सामाजिक गीतको छायाँकनका लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको कटहरियामा दुर्घटना भएको हो। तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो। गाडी बाटोबाट करिब ६ फिट तल खसेको बताइएको छ।

उक्त गाडीमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत सवार थिए। उनीहरु मध्ये केहि समान्य घाइते भएका छन्। दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए।

कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले रेस्टमा रहेका छन्। सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि उनीहरु त्यहाँ पुगेका थिए। (यो खबर रातोपाटिले लेखेको छ।)

सो गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ। बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्न लागिएको सो गीतको निर्माणका लागि प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको छ फिल्म निर्देशक पुर्नेन्दु झाले बताए।

कमेन्ट लोड गर्नुस