सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व गैंडा दिवस मनाइँदै

२०७६ असोज ५, १२:५६ खबर संवाददाता

आज विश्व गैंडा दिवस, विश्वभरि विभिन्न कार्यक्रम गरि मनाइँदै छ। गैंडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्लूडब्लूएफ ले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो। अहिले विश्वमा कालो, सेतो, एक सिंगे, सुमात्रान र जाभा गरी पाँच प्रकारका गैंडा छन्। 

नेपालमा भने एक सिंगे गैंडा मात्रै पाइन्छ। सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै नेपालमा ६ सय ५ वटा गैंडा छन्। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २६ वटा गैंडा मरेका छन् भने २०७५÷७६ मा ४३ वटा मरेका छन्।

निकुञ्जले आउँदो चैत महिनामा गैंडा गणना गर्ने योजना बनाएको निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले बताए। यस्तै सन् २०१३ मा गएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९, पर्सा राष्ट्रिय निकुञ्जमा ३ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा रहेका निकुञ्जहरुले जनाएका छन्।

कमेन्ट लोड गर्नुस