सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेशियामा धनगढीका कमल ओलीलाई रजत पदक

२०७६ असोज ४, ०६:४५ खबर संवाददाता

मलेसियामा सम्पन्न पाँचौ गोजुरियो कराँते च्याम्पियनसीपको अफिसियल प्रतियोगितामा कमल ओली नेपाललाई पहिलो पदक जिताउन सफल भएका छन्। ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतलाई र सेमिफाइनल फ्रान्सलाई पाखा लगाउदै फाइनलमा रोमनियाका खेलाडीसंग झिनो अन्तरले परजित भएका हुन्।

उनी रोमनियाका खेलाडीसंग झिनो अन्तरले परजित भएपनि नेपालका लागि पहिलो पदक रजत जिताउन सफल भएका हुन्। नेपालको हालसम्म पदक तालिकामा १ रजत मात्रै रहेको छ। कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छ्न्।

यो पदक गोजुरियो करातेको इतिहासमा नेपालले प्राप्त गरेको सबैभन्दा ठूलो पदक रहेको मलेसियाबाट अन्तराष्ट्रिय रेफरी  प्रकाश चन्दले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस