सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख विमानस्थललाई दिइने

२०७६ असोज ४, ०६:०० खबर संवाददाता

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी भएको छ। शनिबार संचारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो विमानस्थल जिटुजी मोडलबाट संचालनको निर्णय अनुसार म्युनिखले ठोस प्रस्ताव ल्याएको बताएका छन्।

उनले भैरहवा विमानस्थलमा उडानका लागि वायुसेवा कम्पनीलाई आकषिर्त गर्न छिट्टै प्याकेज समेत सार्वजनिक गरिने बताए। उक्त प्रस्तावको निकै नजिक रहेर छलफल भइरहेको र छिट्टै निश्कर्षमा पुगिने उनले बताए। सो विमानस्थल आगामी डिसेम्बरसम्म निर्माण सकिने र त्यसपछि संचालनको प्रक्रिया थालिने बताए।
 

कमेन्ट लोड गर्नुस