सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुखहरुको बैठकमा सहभागी हुन सभामुख महरा कजाकस्तान प्रस्थान

। फोटो स्रोत ।
२०७६ असोज ४, ०२:११ खबर संवाददाता

सभामुख कृष्णबहादुर महराले शनिबार कजाकस्तान प्रस्थान गरेका छन्। युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन उनले ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन्। सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन्।

यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने सभामुखको सचिवालयले जनाएको छ। कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुने छन्।

कमेन्ट लोड गर्नुस