सुदूर नेपाललाई विश्वसँग जोड्दै

एएफसी यू–१६ च्याम्पियनसिप छनोट : ताजिकिस्तानद्धारा नेपाल ७-० ले पराजित

२०७६ असोज ४, ०८:१० खबर संवाददाता

एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजिकिस्तानसँग लज्जास्पद नतिजा बेहोरेको छ।  शुक्रबार राति भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भयो। प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो।

जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ। ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ। ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ। यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो। नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस