सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसको विरोध प्रदर्शन गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

२०७६ असोज ३, ०६:२१ खबर संवाददाता

दाङमा संविधान दिवसको अवसरमा विरोध प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको दाङको देउखुरीबाट ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हातमा कालो पट्टि बाँधेर विरोध गर्ने जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाबाट सोही ठाउँका एकराज चौधरी, वडा नम्बर ३ वनगाउँका भरत चौधरी, वडा नम्बर ४ का क्षेत्रपाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ५ का बामदेव चौधरी, लमही वडा नम्बर ८ सतबरीयाका प्रकाशकुमार चौधरी, र लमही वडा नम्बर ७ का किशोरकुमार घर्तीमगरलाई नियन्त्रणमा लिइएकोे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु समाजवादी पार्टी र थहरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता हुन्।  संविधान दिवसको अवरमा खुशीयाली मनाउनको साटो विरोध गरेको भन्दै पक्राउ परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस