सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिले गरिन दुई सय ६० जनाको कैद कट्टा, २२ जनाले पाए सजाय माफी

। फोटो स्रोत ।
२०७६ असोज ३, ११:२७ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन्। २२ जनाले सजाय माफी पाएका छन्। संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका २६० को कैद कट्टा गरेकी हुन्।

कैद कट्टा हुनेमा भीमबहादुर शेर्पालगायत रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसरी सजाय माफी हुनेमा रामकिशोर साह तेलीलगायत छन् ।

कमेन्ट लोड गर्नुस