सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासका समस्या समाधानका लागि प्रदेश सरकारलाई ज्ञापन

२०७६ असोज ३, ०६:५५ खबर संवाददाता

कञ्चनपुरको पुनर्वास नगरपालिकाका स्थानीयले आफ्नो क्षेत्रका समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेका छन्। उनीहरुले वन्यजन्तुले गर्दै आएको नोक्सानी, डुबान तथा कटान लगायतका समस्या समाधानको माग गरेका हुन। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो।

सिमानाकासंग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आएका जंगली जनावरले असुरक्षा बढेको भन्दै ज्ञापन पत्र बुझाइएको हो। कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिकहरु पटक–पटक समस्या समाधानका लागि केन्द्र सरकारसंग माग गर्दै आएका थिए। दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले सिमा क्षेत्रका नागरिकहरुको अन्नबाली नष्ट पार्दै आएका छन्। स्थानीय केशब प्रसाद तिमिल्सिनाले सिमा क्षेत्रका विभिन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराईएको बताए। प्रदेशसभा सदस्य तारा लामा तामाङसहित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सेना, समितिका संयोजक कुबेर नाथ, स्थानीय खाद्य अधिकार सञ्जालका संयोजक कञ्चन गिरी लगायतको टोलीले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो।

कमेन्ट लोड गर्नुस