सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज संविधान दिवस, सुदूरपश्चिममा पनि मनाईदै

फाईल फोटो
फाईल फोटो
२०७६ असोज ३, ०६:४० खबर संवाददाता

आज संविधान दिवस, सुदूरपश्चिम प्रदेशमा पनि मनाईदै छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको दिनलाई दिवसका रुपमा मनाउने गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा घर–घरमा दिपावली गर्न आह्वान गरेको थियो।

असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालय र आम नागरिकको घरमा सरसफाई सहित दिपावली गर्न आह्वान गरेको थियो। असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालयले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाएर नगरको श्रृंगार र सरसफाई गरिएको छ भने प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गरेको थियो। 

असोज ३ गते अर्थात आज बिहान ७ बजे ट्राफिक चौराहबाट  धनगढी रंगशाला सम्म झाँकी सहित प्रभातफेरी आयोजना गरिने छ। असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षारोपण गर्ने र गोदावरीमा पनि वृक्षारोपण गरिने भएको छ। कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समिति गठन गरिएको छ भने चार वटा उपसमिति पनि गठन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस