सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा आगलागी हुँदा २३ बालबालिकाको मृत्यु

२०७६ असोज २, ०८:३१ खबर संवाददाता

अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा २३ बालबालिकाको मृत्यु भएको छ। बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ। आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

यस्तै लाइबेरियाका राष्ट्रपति जर्ज वेइले घटनाप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न अपील गरेका छन्। घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ।  

कमेन्ट लोड गर्नुस