सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमा विस्फोट हुँदा १० जनाको मृत्यु

२०७६ असोज २, ०८:२९ खबर संवाददाता

अफगानिस्तानको दक्षिणी कलात सहरस्थित एक अस्पतालमा तालिबान लडाकुले गराएको विस्फोटमा परी १० जनाको मृत्यु भएको छ। विस्फोटक पदार्थले भरिएको मिनिट्रक अस्पतालको बाहिर विस्फोट गराइएको थियो। मृत्यु हुनेमा चिकित्सक र बिरामीहरु रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन्। विस्फोटका कारण अस्पताल ध्वस्त भएको छ। तालिबानले अस्पतालनजिकै रहेको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको जनाएको छ। अफगानिस्तानमा नजिकिँदो आमचुनाव र अमेरिकासँगको शान्तिवार्ता भंग भएपछि तालिबानले दैनिकजसो आक्रमणहरु गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस