सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न आग्रह

२०७६ असोज २, ०२:२४ खबर संवाददाता

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्। बिहीबार काठमाण्डौको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराउनु भयो। आफूले नीति, निर्माणको तहमा २५–३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन?भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उनले बताए।

उनले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ? भनेर यकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले देशको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको बताए। अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र देशका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए। 
 

कमेन्ट लोड गर्नुस