सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाको सचिवालय बैठक स्थगित

२०७६ असोज २, ०१:३७ खबर संवाददाता

नेकपाको सचिवालय बैठक स्थगित भएको छ। नेकपा अध्यक्ष समेत रहेका प्रधानन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री ओलीको व्यस्तता र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ रहेकाले स्थगित भएको हो।

अर्को बैठक असोज ४ गते दिउँसो ३ बजे बस्ने छ।  नेकपाको एकताको काम धेरैजसो टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै छन्। 

कमेन्ट लोड गर्नुस