सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यायिक आयोग गठन गरी एनसेल कर प्रकरण छानविन गर्न सामाजवादी युवा संघको माग

२०७६ असोज १, ०७:१७ खबर संवाददाता

समाजवादी युवा संघले एनसेल कर प्रकरणको छानविनका लागि न्यायिक आयोग गठन गरी छानविन गर्न माग गरेको छ। युवा संघले कैलाली सहित ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै न्यायिक आयोग गठन गरी एनसेल कर प्रकरणको छानविनका गर्दै दोषीलाई कारवाही गर्न माग गरेको हो।

समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष राज थापामगर, केन्द्रीय सदस्य करन साउँद, युवा संघ सुदूरपश्चिमका अध्यक्ष गोविन्द गुप्ता लगायतका युवा नेताहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द बोहरालाई ज्ञापन पत्र बुझाएका हुन्। सर्वोच्च अदालतले गत भदाँै ९ गते गरेको ६१ अर्ब भन्दा कम कर तिर्नेगरी भएको फैसलाले अबौँको राजस्व गुमेको ठहर समेत युवा संघले गरेको छ। 

 

कमेन्ट लोड गर्नुस