सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमले ल्यायो एक सय रुपैयाँको ३ जीबी डाटा प्याक

२०७६ असोज १, ०५:०२ खबर संवाददाता

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ। यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ। यस योजनामा सहभागी हुनका लागि *1415*३ # मा डायल गर्नुपर्छ। यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ।  

कमेन्ट लोड गर्नुस