सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक किताबखानाका शाखा अधिकृत र नायव सुब्बाविरुद्ध मुद्धा दायर

२०७६ असोज १, ०४:५९ खबर संवाददाता

शिक्षक किताबखानाका शाखा अधिकृत र नायव सुब्बाविरुद्ध मुद्धा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय शिक्षक किताबखाना काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद पराजुली र नायव सुब्बा राजेन्द्रकुमार के.सी.विरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको हो।

अस्थायी शिक्षकले अवकाशपछि गोल्डेन हेण्डसेक बापत पाउने रकमको सिफारिस गरे वापत सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएकाले पराजुली र केसीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले पराजुली र के.सी.लाई अवकाश पश्चात पाउने सेवासुविधाको रकम भुक्तानीको सिफारिसपत्र तयार गरेवापत घुस मागेको सूचनाको आधारमा पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस