सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा तालिबानको विस्फोट : ४८ जनाको मृत्यु, ३२ घाइते

२०७६ असोज १, ०४:०९ खबर संवाददाता

अफगानिस्तानमा दुई वटा विस्फोटमा परी ४८ जनाको मृत्यु भएको छ। राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएको विस्फोटमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन। पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरु ३२ जना घाइते भएका पुष्टि गरिएको मङ्गलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो।

तर बुधबार सो सङ्ख्या बढेर मृतकको सङ्ख्या ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गीनले बताएका छन। राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन। विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेको बताएका छन।

राष्ट्रपति असरफ घानी राजधानीको उत्तरमा पर्ने पारवान प्रान्तमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा प्रहरीचौकी नजिकै मोटरसाइकलकमा आएका एक आक्रमणकारीले विस्फोट गराएको र विस्फोटमा परी २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ घाइते भएका थिए। एक घण्टापछि तालिबानले दाबी गरेको अर्को विस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो। यस विस्फोटमा परी २२ व्यक्ति मारिनुको साथै अन्य ३८ घाइते भए थिए। 
 

कमेन्ट लोड गर्नुस