सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसमा युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पुर्वसभासद ५ हजार धरौटीमा रिहा

२०७६ असोज १, ०३:२८ खबर संवाददाता

सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्। रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुव्र्यवहार गरेको भन्दै अन्य यात्रुहरुले नियन्त्रणमा लिएका थिए। प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो।

सार्वजनिक स्थानमा यौन दुव्र्यवहार हुननसक्ने बताउँदै घिसिङविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो। जुन कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ। उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए।  तर घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेको थियो।

कमेन्ट लोड गर्नुस