सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकतासम्बन्धि विधेयक पारित हुन नदिन देउवाको निर्देशन

२०७६ असोज १, ०३:१८ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाएर संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको भन्दै त्यो विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राख्दा त्यो अघि बढ्न सकेको छैन। विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली कांग्रेसले मत राख्दै आएको छ। उनले पार्टीको अडान नछाड्न पनि समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत गराए।

 

कमेन्ट लोड गर्नुस