सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

२०७६ असोज १, १०:३२ खबर संवाददाता

विराटनगमा बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना  बेपत्ता भएका छन्। संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ  जाँदै  गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप मंगलबार राति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ जांदै गरेको थियो। जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको  प्रहरीले जनाएको छ।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ। तर उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस