सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसेलले ल्यायो नयाँ योजना ‘मेरो प्लान’

२०७६ भदौ ३१, ०९:५७ खबर संवाददाता

एनसेलले आकर्षक डाटा सेवाको लागि मेरो प्लान नामको नयाँ योजना ल्याएको छ। एनसेलले यो योजना आफ्ना प्रिपेड ग्राहकका लागि ल्याएको बताएको छ। यस योजना अन्तरगत सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ।

आउँदो असोज १ गतेदेखि लागू हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन्। यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन्। 

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क्भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन्। त्येक प्लानमा बण्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैँ डेटा बन्द हुनेछ। ग्राहकले तत्काल  थप डेटा प्याक लिएर सेवाको उपयोग गर्न सक्नेछन्। 

यस्तै ग्राकहले करसहित २५४.१० रुपैयाँमा १ जीबी डेटा भोल्युम र करसहित १ दशमलव २८ रुपैयाँ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान एक सय ९९ लिन सक्नेछन्। यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा करसहित ८९ दशमलव ३८ रुपैयाँमाथप १ जीबी प्याक लिएर सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन्।

यस्तै यस अन्तर्गत ३ जिबी डेटा भोल्युम र १ दशमलव १५ रुपैयाँ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१ दशमलव ७९ रुपैयाँ लिन सकिन्छ। यसका साथै डेटा भोल्युम समयसीमा अगाडि सकिएमा १२७ दशमलव ६९ रुपैयाँमा थप २ जीबी प्याक लिन सकिनेछ। 

मेरो प्लान अन्तर्गत ग्राहकले पाँचमध्ये कुनै एक प्लान लिन सक्नेछन्। ६ जीबी डेटा भोल्युम रहेको प्लान ४ सय ९९ र १५ जिबी डेटा रहेको प्लान ७ सय ९९ पनि रहेका छन्। ग्राहकले रु ६३७ दशमलव १७मा प्लान ४ सय ९९ लिन सक्ने कम्पनीले जनाएको छ।

मासिक रुपमा बढी डेटा चलाउनेका लागि प्लान ९ सय ९९ छ। यस अन्तर्गत १२७५.६२ रुपैयाँमामा २५ जिबी डेटा र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सकिनेछ। डेटा समयावधि अगाडि नै सकिएमा ५१० सय ७६ रुपैयाँमा थप १० जीबी डेटा लिन सकिनेछ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्ये कुनै पनि प्लान लिने ग्राहकले करसहित ०.६४ रुपैयाँमा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन्। त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ। योजनाका लागि एस्ट्रिक ३०२ ह्यास डायल गरेर निर्देशन पालना गर्नुपर्छ भने थप डेटा प्याकहरु लिन एस्ट्रिक्स १७१२३ ह्यास डायल गर्नुपर्नेछ।
 

कमेन्ट लोड गर्नुस