सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिलाई लक्षित गर्दै बम हमला, २४ जनाको मृत्यु

२०७६ भदौ ३१, ०५:५८ खबर संवाददाता

अफगानिस्तानमा राष्ट्रपतिले सम्बोधन गर्ने आमसभालाई लक्षित गर्दै भएको बम हमलामा २४ जनाको मृत्यु भएको छ। यही सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचन र्यालीलाई लक्षित गर्दै तालिबानी समूहले बम हमला गरेको थियो। मंगलबार राष्ट्रपति असरफ घानीले उक्त सभालाई सम्बोधन गर्ने तालिका थियो।

सम्बोधनअघि नै त्यहाँ हमला गरिएको हो। तालिबानले पछिल्लो एक महिनाभित्रै तीनवटा भन्दा धेरै हमला गरिसकेको छ। अमेरिकासँग वार्ताको तयारी भइरहँदा तालिबानी समूहले श्रृंखलाबद्ध हमला गर्न थालेको हो। उसको हमलापछि नै अमेरिकाले वार्ता स्थगित भएको जनाएको थियो। अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय निर्वाचन हुन नदिने तालिबानीले चेतावनी दिँदैआएको छ।
 

कमेन्ट लोड गर्नुस