सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका ५ सय ७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

। फोटो स्रोत ।
२०७६ भदौ ३१, ०३:५७ खबर संवाददाता

अर्घाखाँची नेकपाका ५ सय ७९ कर्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको पाणिनि गाँउपालिकामा नेकपाका कार्यकर्ताले कांग्रेसमा प्र्रवेश गरेका हुन्। तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार समेत रहेका छन्।

पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनालले जानकारी दिए। 

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए।

एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपातपूर्ण व्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालीन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए।

आफ्ना समस्या र स्थानीय स्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग दिएको र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालीन एकीकृत माओवादीबाट वडा सदस्य पदका उम्मेदवार मधु पन्तले बताए।

नव प्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु खनाल, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले प्रवेश गराएको हो।

कमेन्ट लोड गर्नुस