सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तारुढ समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

२०७६ भदौ ३१, ०३:५२ खबर संवाददाता

सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ। संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो। समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो। 

नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको बताइएको छ। समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको जनाएको छ। आयोगले भने निर्णय गर्न बाँकी छ ।

कमेन्ट लोड गर्नुस