सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्तालाई आह्वान

२०७६ भदौ ३१, ०३:४३ खबर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन्। पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे। 

उनले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ। नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो। त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ।’

नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने बताउँदै नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ। कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन्।

कमेन्ट लोड गर्नुस